सुनको मुल्य ८२ हजार ५ सय

२३ फाल्गुन २०७६, शुक्रबार १३:२८

काठमाडौं , पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ।

आज साताको अन्तिम दिन शुक्रा्वार सुन १८ सयले बढेको छ ।यो सुनको मुल्यको अर्कौ नयाँ रेर्कड हो ।

बिहीवार ८० हजार ७ सयमा कारोबार भएको सुनको मुल्य आज नयाँ रेर्कड कायम गर्दै ८२ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मुल्य प्रतितोला ८२ हजार २०० मा कारोबार भइरहेको छ ।

त्यस्तै, बिहीवारको तुलनामा १० रुपैयाले बढेर प्रतितोला ८ सय ९० रुपैयामा कारोबार भइरहेको छ।