सुनको मुल्य तोलामा १५ सयले घट्यो

२ चैत्र २०७६, आईतवार १६:५१

काठमाण्डौ , सुनको मुल्य आइतबार तोलामा १५ सय रुपैयाँले घटेको छ । सुनको भाउ आइतबार तोलाको ७७ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार एकैदिन तोलामा ३ हजार रुपैयाँ घटेर सुन तोलाको ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ आज तोलामा ३० रुपैयाँ घटेर तोलाको ७ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।