सुनको भाउ १३०० रुपैयाँ घट्यो

२३ पुष २०७७, बिहीबार ११:३८

काठमाडौँ । पछिल्लो केही दिनयता लगातार बढेको सुनचाँदीको भाउ बिहीबार भने प्रतितोला १३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार बुधबार प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापवाल सुन बिहीबार ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

सोही परिमाणको तेजावी सुनलाई आज प्रतितोला ९४ हजार ९०० रुपैयाँ पर्नेछ ।यता, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ । यसअघि एक हजार २४० रुपैयाँमा कारोबार हुने चाँदीलाई आज एक हजार २३० रुपैयाँ पर्ने महासंघले जनाएको छ ।