सुनको भाउ आज दुई सय रुपैयाँले बढ्यो

६ माघ २०७७, मंगलवार १४:०५

काठमाण्डौ । सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा ९२ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको ९१ हजार ८ सय रुपैयाँ थियो । यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।