सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा हिमपातको सम्भावना

२६ मंसिर २०७७, शुक्रबार ०८:०२

काठमाडौँ दक्षिण पूर्वी अरेबियन सागरबाट प्रवेश गरेको जलवाष्पयुक्त वायुको असरले आज हिमपात र वर्षाको पूर्वानुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा पश्चिमी वायुको समेत प्रभाव रहेकाले आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भू(भागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै प्रदेश १ का केही पहाडी भू(भागमा हल्का वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले शनिबार र आइतबार पनि पहाडी भेगमा हल्का वर्षाको पूर्वानुमान गरेको छ ।