सुगमको ‘लाखौँमा एक तिमी’ बोलको गीतको भिडियो सार्वजनिक

१५ माघ २०७६, बुधबार १४:२९

काठमाडौं , गायक सुगम पोखरेलको आवाजमा रहेको ‘लाखौँमा एक तिमी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । मोडल तथा गीतकार मनोज सिग्देल (युरेश) को शब्द तथा संगीत रहेको यस गीतमा गीतकार सिग्देल र मोडल विन्दु दवाडीलाई फिचर्ड गरिएको छ ।


गोपाल रसाइलीले एरेन्ज गरेको यो गीतको भिडियो निर्देशन शान थापाले गरेका हुन् । भिडियोको छायांकन अर्जुन तिवारी तथा सम्पादन इन्टेन्सिभ एल्डले गरेका छन् । राजिव समरको कोरियोग्राफी रहेको छ । यस गीतमा मोडल विन्दु दवाडीको भने पहिलो म्युजिक भिडियो हो ।
देव दाहालको लगानीमा निर्माण भएको यस गीतलाई ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।