सीता दाहालको उपचारका लागि प्रचण्ड आज अमेरिका प्रस्थान

३ चैत्र २०७५, आईतवार १८:२७

काठमाडौं , नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार बेलुका अमेरिका प्रस्थान गर्नु भएको छ ।
पत्नी सीता दाहालको उपचारका लागि उहाँ अमेरिका प्रस्थान गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ । सीता लगातार बिरामी परेपछि यसअघि काठमाडौं, दिल्ली र सिंगापुरमा उपचार गराइएको थियो। त्यहाँ उपचारले ठिक नभएपछि थप उपचारका लागि अमेरिका प्रस्थान गर्नु भएको हो । उहाँलाई विदाइ गर्न नेकपाका नेता सुवास नेम्वाङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु भएको थियो ।सीता दाहालको उपचार अमेरिकाको जोन हकिङ्स् अस्पतालमा हुने प्रचण्डले जानकारी दिनु भयो । दाहालका साथमा छोरी गंगा र ज्वाई जीवन आचार्य पनि रहेका छन्। एक हप्ता भन्दा बढी उपचारको समय लागे पत्नी सीतालाई छोरी ज्वाँईको साथमा छाडेर स्वदेश फर्कने अध्यक्ष दाहालको योजना छ।