सिरहामा माओवादी केन्द्र र समाजवादी फोरम अगाडि

५ आश्विन २०७४, बिहीबार १०:२३

असोज ५, काठमाडौं । सिरहामा माओवादी केन्द्र र संघीय समाजवादी फोरमले दुई–दुई स्थानीय तहमा विजय हासिल गरेका छन् ।

माओवादी केन्द्रले कर्जन्हा नगरपालिका र अर्नमा गाँउपालिकामा विजयी भएको छ ।  संघीय समाजवादी फोरम विष्णुपुर र भगवानपुर गाँउपालिकामा विजयी भएको छ । नेपाली कांग्रेस नवराजपुर गाँउपालिकामा विजयी भएको छ ।

नेकपा माओवादी केन्द्रले अग्रता लिएका स्थानीय तहहरू

१.मिर्चैया नगरपालिका

२.गोलबजार नगरपालिका

३.धनगढीमाई नगरपालिका

संघीय समाजवादी फोरमले अग्रता लिएका स्थानीय तहहरू

१.औराही गाँउपालिका

२. बयरपट्टी गाँउपालिका

३.लक्ष्मीपुर पतारी गाँउपालिका

नेपाली कांग्रेसले अग्रता लिएका स्थानीय तहहरू

१.सिरहा नगरपालिका

२.नरहा गाउपालिका

नेकपा एमालेले अग्रता लिएका स्थानीय तहहरू

१.लहान नगरपालिका

२.सखुवानान्कारकट्टी गाँउपालिकामा

राजपा

१.कल्याणपुर नगरपालिका