सिन्धुपाल्चोक बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ११ पुग्यो

२४ आश्विन २०७६, शुक्रबार १६:३४

काठमाण्डौ , सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० बडहरे झिल्केमा बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या ११ जना पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दुर्घटनास्थलमा ५ जनाको मृत्यु भएको र थप ६ जनाको उपचारको क्रममा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेका अनुसार घाइतेहरुको हेलिकप्टर र एम्बुलेन्स मार्फत धुलिखेल अस्पताल लगिएको छ । डीएसपी काफ्लेका अनुसार बसमा ५० भन्दा बढी यात्रु सवार रहेका थिए ।

सिन्धुपाल्चोकको सिपाटारबाट काठमाण्डौ जादै गरेको बा २ ख २७१५ नम्बरको बस शुक्रबार बिहान दुर्घटनामा परेको हो ।