सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, उद्दारकार्य जारी

१७ कार्तिक २०७६, आईतवार १५:०७

काठमाडौँ , आज सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना भएको छ । बस दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ । यस्तै १५ जनाको उद्दार गरेर एम्बुलुन्समार्फत अस्पताल पठाइएको बताइएको छ ।

दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गरेको बा २ ख ७२४५ नम्वरको यात्रुबाहक बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना भएको हो ।

स्थानीयले बस सुनकोसी नदीमा खसेको बताएका छन् । अहिले घटनास्थलमा प्रहरीसहित स्थानीयले उद्दारकार्य जारी राखेका छन् । बस सडकबाट करिब सय मिटर तल खसेको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बसमा ३० देखि ४० जना यात्रु रहेका थिए ।