सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीले बगाएर १८ बेपत्ता, २ शव भेटियो

२५ असार २०७७, बिहीबार ०९:३३

काठमाडौं , बुधबार राति आएको बाढीले बगाएर सिन्धुपाल्चोकको बाह्रबिसेमा १८ जना बेपत्ता भएका छन् भने २ वटा शब प्राप्त भएको छ ।

भोटेकोशी र ठाडोखोलामा राति ११ बजेदेखि आएको बाढीले ठूलो क्षति पुगेको बाह्रबिसे नगरपालिकाकाले जनाएको छ । आज बिहान ५ बजेबाट हराएकाहरुको खोजी कार्य थालिएको छ ।

बाढीका कारण खाटचौर भन्ने स्थानमा अरनिको राजमार्गको पक्की पुल समेत बगाएको छ भने बस्तीमा क्षति पुर्याएको छ । यस्तै बाढीले जम्बो भन्ने स्थानमा ८ वटा भन्दा बढी घर बगाएको छ ।