सिन्डिकेट : सेवा रोक्ने सार्वजनिक सवारीको रुट पहिलो दिनमै खारेज हुने

९ बैशाख २०७५, आईतवार ०९:०२

वैशाख ९, काठमाडौं ।

सिन्डिकेट समर्थनमा सेवा रोक्ने सार्वजनिक सवारीको रुट पर्मिट पहिलो दिनमै खारेज गर्ने भएको छ । यातायात व्यवस्था विभागले गृह प्रशासन तथा नागरिक समाजलाई अत्यावश्यक सेवमा हड्ताल गर्ने सवारीको विवरण लिन अनुरोध गरेको छ ।

पहिलो दिनमै देशभर सेवा रोक्ने सवारीको विवरण लिएर सोही दिनमै खारेज गर्ने तयारी भइरहेको विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए । सरकारले यस विषयमा सुन्यसहनशिलताको नीति लिएको उनले स्पष्ट गरे ।

 

यसअिघ गृह मन्त्रालयले पनि आन्दोलनका नाममा कुनै सवारी रोकिए सुरक्षा निकाय परिचालन गरेर आफैंले चलाउने चेतावनी दिइसकेको छ ।

 

‘ऐनले दिएको अधिकार प्रयोग गरेर हामी पहिलो दिनमै रुट खारेज गर्छौं, त्यसका लागि उपभोक्ताकर्मी र गृह प्रशासनले हामीलाई नचल्ने सवारीको विवरण दिनेछन्,’ भट्टराईले भने,’नगरिकलाई असुविधा हुने हर्कत गर्नेको रुट खारेजी गर्न समय लगाउँदैनौं ।’