सिधाकुरा जनतासँगका संचालक रवि लामिछाने आफ्नो टिम लिएर बारा हिँडे

१८ चैत्र २०७५, सोमबार १२:०२

काठमाण्डौ, न्युज २४ टेलिभिजनको लोकप्रिय कार्यक्रम सिधाकुरा जनतासँगका संचालक रवि लामिछाने र उनको टिम बारा प्रस्थान गरेको छ । विपत्तीले तराई दुखेका बेला उनीहरुको पीडामा थोरै भएपनि मलम लगाउन रवि र उनको टिम बारा प्रस्थान गरेको हो । आफ्नो बारा यात्रा बारे रविले फेसवुकमा लेखेका छन् ‘बिपत्तिमा एकजुट हुन हाम्रो टिम बारा, पर्सा तर्फ लाग्दैछ। रिपोर्टिङ मात्र होइन राहत उद्धारमा समेत सहयोग गर्न हामी डाक्टर सहित जादैछौ। केही बेरमा लाईभ आउने छु।’