सिजी ब्राण्डको इलेक्ट्रिक गिजर

१ मंसिर २०७४, शुक्रबार १३:२६

मंसिर १, काठमाडौं । सिजी ब्राण्डले नयाँ इलेक्ट्रीक गिजर ल्याएको छ । कम्पनीले विभिन्न किसिमका आकर्षक, सरल प्रविधि भएका तीन वटा नयाँ मोडलका इलेक्ट्रीक वाटर हिटरहरु ल्याएको हो ।

नयाँ विशेषताहरुसहितको उक्त इलेक्ट्रीक हिटरहरु १०, १५ र २५ लिटरमा उपलब्ध छन् । (इएलसीबी) ‘अर्थ लीकेज सर्किट ब्रेकर’ जस्ता मुख्य विशेषता रहेको उक्त उपकरणको कारणले करेन्टलाई लिकेज हुन र लाग्न बाट जोगाउने बताइएको छ । जसमा उच्च गुणस्तरको हिटिङ तत्व राखिएको छ । जसको कारण अधिकतम् आयु र न्यूनतम शक्ति खपत गर्दछ । यसमा ७५ डिग्री सेल्सियस तापक्रमसम्म बढाउन सकिने जनाइएको छ । त्यस्तै अर्कोे मुख्य विशेषतामा वाटर हिटरको ट्याङकीमा ५ वर्षको वारेण्टी रहेको जनाइएको छ ।