सिके राउत रौतहटबाट पक्राउ

२१ आश्विन २०७५, आईतवार १८:०१

गौर सिके राउत रौतहटको गौरबाट पक्राउ परेका छन्। स्वतन्त्र मधेसका अभियान्ता राउतलाई प्रहरीले आइतबार दिउँसो रौतहटबाट पक्राउ गरेको हो

 

पुरानो मुद्दाको पेशी दिएर निस्कने क्रममा प्रहरीले रौतहट जिल्ला अदालत अगाडिबाट राउतलाई पक्राउ गरेको हो।

यसअघि पटकपटक पक्राउ पर्दै आएका राउतलाई मुद्धा लागे पनि छुट्दै आएका छन्। भदौ ३ गते संविधान दिवसको विरोधमा तराईंका विभिन्न स्थानमा उनकै नेतृत्वमा ‘कालो दिवस’ मनाएका थिए।

प्रहरीले खोजी सूचीमा राखेका राउतले संविधान दिवसको विरोधमा जनकपुरको मुख्य चोकमा सम्बोधन गर्दासमेत प्रहरीले पक्राउ गरेको थिएन।