सिएनएन हिरो बस्नेतको ‘पुतलीको घर’

२३ चैत्र २०७५, शनिबार ११:३९

काठमाडौं , ‘सिएनएन हिरो’ र ‘सुपर हिरो’की विजेता पुष्पा बस्नेतको जीवनीमा आधारित पुस्तक ‘पुतलीको घर’ सार्वजनिक भएको छ । पत्रकार तथा लेखक घनश्याम खड्काले लेखेका पुस्तक अल्केमी पब्लिकेशनले बजारमा ल्याएको हो ।

पुस्तकमा एउटी युवतीले पाएको असफलता र त्यसबाट उम्कन उनले तय गरेको बाटोको बारेमा रहेको प्रकाशनले जनाएको छ । जेलमा परेका निर्दोष बालबालिकाको जीवन परिवर्तनमा बस्नेतको जीवन नै पुस्तकको मूल भाव रहेको छ । पुस्तक बिक्रीबाट आएको रोयल्टी ‘पुतली घर’का बालबालिकाको पढाईमा खर्च हुने लेखक खड्काले बताएका छन् ।