साहित्यको पिचमा अनिस घिमिरेको त्यो छक्का

१० बैशाख २०७६, मंगलवार १०:५३

उमेरले भर्खर १८ टेकेका अनिस घिमिरे माईतिघर स्थित सैन्ट जेभिएर कलेजका स्नातक तह प्रथम बर्षका बिद्यार्थी हुन । किशोरवय अवस्थाका उनै घिमिरेले अङ्रेजी भाषामा उपन्यास लेखेका छन् । १६ बर्षको उमेर देखी अङ्रेजी भाषामा उपन्यास लेख्न बस्दै गर्दा उनी त्यति परिपक्व पक्कै थिएनन् तर अभिवावकको ढाढस र स्वयमको आत्मविश्वासले उनलाई आफ्नो लक्ष्य प्राप्तिमा अडिक मात्र बनाएन एक अलग कृतिको सिर्जना हुन पुग्यो । यसरी अठार बर्षिय किशोर अनिस घिमिरेको अङ्रेजी भाषाको नोबल अ वाक अवे फ्रम होम साहित्य क्षेत्रमा पदार्पण भएको छ जसलाई बजारमा ल्याएको छ डिकुरा पब्लिकेशनले ।

नेपाली श्रस्टाबाट अङ्रेजी भाषाको उपन्यास विरलै निस्कने गरेको परिप्रेक्ष्यमा घिमिरे कृत ुअ वाक अवे फ्रम होमु ले त्यो खडेरीलाई चिरेको छ । यसका अलवा पनि नेपालको नयाँ पुस्तामा अङ्रेजी भाषाको पकड राम्रो रहेको पुष्टि गर्दछ । भलै यस मामिलामा अनिस मात्र होइन उनका समकक्षी र हाराहारी उमेरका किशोर किशोरीहरु पनि क्षमतावान छन, यद्यपी अनिसले साहित्य साधनामार्फत आफूलाई प्रमाणित गरेर देखाएका छन् । अर्कोतर्फ नयाँ पुस्तामा गहिरो चिन्तन छैन भन्ने बिचार बोक्ने तप्कालाई पनि एक पटक सोच्न वाध्य पारेका छन अनिसले, त्यो अब्बल कृतिमार्फत ।

अंग्रेजी साहित्यकारहरुको प्रतिक्रियामा कृति समसामायिकतामा आधारित छ, उच्च कल्पनाशिलताले ओतप्रोत छ । कथाबस्तुमा विभिन्न मोडहरु छन भने कथावस्तुको अवतरण र समाप्ति पनि प्रभावपूर्ण छ । उपन्यास सन्देशप्रद छ । उसो त भाषा शैली र लेखन शिल्प उस्तै दमदार छ । समग्रमा नोबलको प्रस्तुती कलात्मक छ । त्यसैले अ वाक अवे फ्रम होमु स्तरिय कृतिको भिडमा उभिएको छ । पाठकहरुबाट आइरहेको प्रतिकृया उत्साहप्रद छ । यस मानेमा उनले किबोर्ड रुपी ब्याट र बललाई खेलाउदै छक्का हानेका महशुश गर्न सकिन्छ ।

अ वाक अवे फ्रम होमु को कथावस्तु
अ वाक अवे फ्रम होमुमा भर्खर किशोरावस्थामा रहेको मुलपात्र आलोकको सेरोफेरोमा कथावस्तु बुनिएको छ । धरानमा हुर्के बढेको आलोक क्रिकेटप्रेमी हो । ऊसको सपना राष्ट्रिय क्रिकेट टिमको कप्तान बन्ने हुन्छ । दश जोड दुईको अध्ययन पस्चात ऊ उच्च शिक्षाका लागि अस्ट्रेलिया पुग्छ । अस्ट्रेलियाको नौलो परिबेशमा घुलमिल हुन उसलाई केही समय लाग्छ । यसै माझ उसको भेटघाट पाको उमेरको ओलिभरसँग हुन्छ । रिटायर्ड जीवन ब्यथित गरेको ओलिभर सँगको उसको हिमचिम बढदै जान्छ । उसले ओलीभरको डायरी पढ्ने अबसर पाउछ । यस माझमा उसले ओलिभरले जीवनमा भोगेका युद्धका कहानी, परोपकारका काम लागायत जीवनका उतारचढावका अनुभवहरुसँग अन्तरंग गर्ने अवसर पाउछ । ओलिभरकोसँगको त्यो संगतबाट उसमा राष्ट्र, समाज र परिवार प्रतिको प्रेम पुनस् जाग्रित हुन्छ । अन्ततस् आलोक पात्र आफ्नै जन्मभुमीमा फर्कन्छ । जसरी उ क्रिकेटको ब्याट जमिनमा फ्रयाकेर विदेशीएको थियो त्यसरी नै उसले अन्तत क्रिकेटको ब्याट हातमा लिन्छ र बल हावामा उडाउदै लक्ष्य प्राप्तिका निम्ती अघि बढछ । अन्तमा घिमिरेले उपन्यास मार्फत देश र परिवार प्रतिको माया र लगाबलाई दर्शाएका छन्।

त्रि वि अङ्रेजी विभागका प्राध्यापक एवं साहित्यकार राजन पोख्रेलको शब्द सापटी लिने हो भने भर्खर १८ टेक्दै गरेको कलकलाउदो किशोरको लेखनीले पाका उमेरकालाई पनि क्लिन बोल्ड गरेको छ । प्रो। डा। पोख्रेल भन्छन् ूअनिशको लेखन शैली देखेर म आश्चर्य चकित छु, अनिशले म स्वयमलाई चुनौती पेश गरेको अनुभुती भैरहेको छ । एक यौवन अवस्थाको नेपाली ठिटोले के सोच्छ रु के खोज्छ रु उसको प्रवृत्ती कस्तो हुन्छ ? उसले कसरी संसारसंग सम्बन्ध विकास गर्न चाहन्छ ? आदिको चित्रण यस पुस्तकले गरेको रहेछ । उपन्यासमा कथाबस्तु क्रिकेटबाट सुरु भएर क्रिकेटमै अन्त भएको छ । एउटा कथाकार र उपन्यासकारले एउटा बिषयवस्तु भेटेपछि त्यसलाई केन्द्रमा राखेर उसको छलफलका सर्कल तयार गर्दै जान्छ अनि फेरि उ त्यहि केन्द्रमा फर्कन्छ । अनिश घिमिरेले यो उमेरमा जानेर लेखेको हो या नजानेर लेखेको हो, त्यो बिशिस्ट कला, कथा र पात्रको सयोंजन सहज यस पुस्तकमा भेट्न सकिन्छ । पुस्तक पढ्दा आफुलाई अनिश घिमिरेले मेरा बिरुद्ध छक्का हानी रहेको महसुस भो मलाई ।

अनिशको लेखनीको मामलामा साहित्यकार चन्द्र घिमिरेले प्रशम्शाका शब्दहरु खर्चिएका छन । घिमिरे भन्छन् ूअनिशको नोबल मैले अद्योपान्त पढे, नेपालको साहित्य सिर्जनाको क्षेत्रमा अंग्रेजी भाषाका कृतिहरुको खडेरी रहेको अवस्थामा अ वाक अवे फ्रम होमु ले कलात्मक र सिर्जनात्मक लेखन शिल्प र शैलीका माध्यमबाट पाठकलाई बाध्न सक्ने ल्याकत राख्दछ । पुस्तक आजको जेनेरेसनको सोच, खोज, अनुभुती र अवस्थालाई रिप्रीजेन्ट गर्छस आज को जेनेरेसन कसरी बर्तमानमा उभिएर भबिस्यसम्म सोच्न सक्छ र आफुलाई त्यही अनुरुप टाढा यथार्थ धरातलसम्म पुराउन सक्छ, त्यसको कंन्फेसन हो यो पुस्तक । बर्तमानमा हाम्रा साहित्यि किन अन्तरराष्ट्रियकरण हुन् सकेका छैनन् रु के हामीले अन्तरराष्ट्रिय स्तरमा पाठकहरु लाई पनि पस्कने गरी लेखेका छौ त ? अनिश घिमिरेले यस पुस्तकमा स्वदेशी तथा बिदेशी पात्र र परिवेशलाई सकेसम्मन मिश्रण गरी पाठकलाई राष्ट्रभावको अनुभुती गराएको छ । उसले युवा पुस्तालाई हावामा उडाएको छ, उनिहरुको सार्वभौमिकताका लागि र अन्तमा उनिहरुको सार्वभौमलाई फिल गराएको छ । सार्वभौमिकता आजको युवा पुस्ताको वैध शक्ति हो भन्ने दर्शाएको छ, तर त्यो सार्वभौमिकतालाई कसरी उपयोग गर्ने त्यसको आत्माअनुभुती गराएको छ । लेखकका लागि कल्पना शक्ति उसको आधारभुत सम्पती हो । उ नेपालमा बसेर अस्ट्रेलियाको मेलबर्नमा उभिएको छ, इतिहासमा कुनै समय त्यहाँ भएको भयानक युद्दको परिकल्पना गर्दै आफ्नो कथालाई त्यहाको इतिहासमा जोडेको छ । सायद मेलबर्नमा बसेको कुनै जर्ज, पर्थमा बसेको कुनै स्टेफेन, सिड्नीमा बसेको कुनै जोनले त्यहा कुनै समय वार भएको जानेको नहोला, तर लेखक त्यहाँ कुनै समय भएको लडाईमा थुप्रै पात्रहरुलाई उभ्याएर बर्तमानसंग सम्बाद गर्ने मान्यता राख्दछ । अन्तमा लेखकले

प्रयोग गरेको भाषाको अभिब्यक्ति र शिल्पले जताततै छोएको अनुभूति हुन्छ ।ू

त्यसैगरि, साहित्यकार जीवनाथ धमला भन्छन् कलिलो उमेरमा नै एउटा अब्बल सिर्जना पस्कन सक्नु लेखकको खुबी हो । यस अर्थमा पनि उनी आउट स्टान्डिङ अर्थात विलक्षण छन् । उनी अङ्रेजी साहित्य क्षेत्रका उदयीमान र सम्भावना बोकेका श्रस्टा हुन सक्नेछन् । उदय र सम्भावनासँगसंगै उनका सामुन्ने चुनौती पनि छन ।

त्यसैगरि, पाटन क्यामपसका डिन प्रोफेसर ईन्द्र कार्की भन्छन् अ वाक अवे फ्रम होमु नोबल सबै तह र तप्काकाले पढ्न आवश्यक छ र यस नोबलले अंग्रेजी भाषा साहित्य फाट्मा गर्विलो उपस्थिती जनाउन सक्ने संभावना प्रबल छ । यस प्रति उनले कत्तिको सचेतता अपनाउलान भोलीको दिनले निर्धारण गर्ने नै छ । साथै उनले आफ्नो अध्ययन कार्यसँगसंगै साहित्य सिर्जनालाई कसरी ब्यवस्थापन गर्छन् त्यो हेर्न बाँकी नै छ ।

कल्पनाशिलताले जन्माएको अ वाक अवे फ्रम होमु का लेखक अनिश घिमिरे कल्पनाशिलताले नै लेखन यात्रा सहज हुने ठान्छन् । उनी आफू पनि कल्पनाशिलतामा डुब्न रमाउने प्रकृतीको रहेको बताउछन् । अ वाक अवे फ्रम होमु सिर्जना हुनुमा आफनो कल्पनामा डुबुल्कि मार्ने स्वभाव नै मुख्य कारकका रुपमा रहेको उनले ठम्याई छ ।