साहनीमाथि भएको दुव्र्यवहारको संघसंस्थाहरूद्धारा आपत्ति

१० आश्विन २०७५, बुधबार ११:१२

वरिष्ठ अधिवक्ता, साहित्यकार एवं पत्रकार सेनानी दिल साहनीमाथि बुटवलमा भएको दुव्र्यवहारप्रति उद्योगी, नागरिक समाज, वार एसोसियसन, पुरानो बटौली संरक्षण समिति लगायत  संघसंस्थाहरूले आपत्ति जनाएका छन् । उनीहरूले मंगलबार संयुक्त विज्ञप्ती जारी गर्दै लेखक एवं बुद्विजीवी साहनीमाथि भएको दुव्र्यवहार खेदजनक रहेको बताएका छन् ।

उनीहरूले नेपाली राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको पक्षमा साहनीले आफ्नो विचार राखेकै कारण उनीमाथि दुव्र्यवहार हुनु गम्भीर भएको भन्दै यस्ता अमर्यादित हर्कत नदोहो¥याउन सम्बन्धित पक्षलाई चेतावनी दिएका छन् । विज्ञप्ती जारी गर्नेहरूमा पुरानो बटौली संरक्षण समितिका अध्यक्ष रबिन्द्र लाकौल, राष्ट्रिय स्वाधिनताका लागी नागरिक मञ्चका अध्यक्ष पदम कार्की, पाल्पाली समाज नेपालका उपाध्यक्ष जितबहादुर भाट, उच्च अदालत बार एशोसियसनका अध्यक्ष षडानन्द भण्डारी, अखिल नेपाल उद्योग व्यापार संघका अध्यक्ष ढुण्डीराज पौडेल, रिक्सा व्यवसायी संघका अध्यक्ष कृष्ण तिवारी, नेपाल उद्योग व्यापार संघका अध्यक्ष शंकर कोइराला, नेपाल घरबहाल सरोकार संघका अध्यक्ष खगेन्द्र पौडेल रहेका छन् ।

गत असोज ५ गते बुटवल उपमहानगरपालिकाले सर्वपक्षीय बैठक बोलाएको थियो । लेखक साहनीले ऐतिहासिक जितगढी किल्लालाई सरकारले पेन्सन क्याम्प (पीपीओ) सम्झौताको नाममा भारतलाई बुझाएको प्रति आपत्ति जनाउँदै आएका थिए । बुटवलमा “ऐतिहासिक जितगढी किल्ला बचाऊ अभियान” गठन गरेर सम्झौता विरुद्ध आन्दोलन चलिरहेको छ । लेखक साहनी वरिष्ठ अधिवक्ता, पत्रकार सेनानी, साहित्यकार एवं प्राध्यापक समेत हुन् ।
यस्तै वरिष्ठ साहित्यकार दिल साहनीमाथि बुटवलमा भएको दुव्र्यवहारप्रति रूपन्देहीमा रहेका विभिन्न साहित्यिक संघसंस्था एवं स्रष्टाहरूले गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।