सार्वजनिक गरिन् न्युजील्यान्डकी प्रधानमन्त्रीले छोरीको नाम

१० असार २०७५, आईतवार १०:३३

असार १०, काठमाडौं । एजेन्सी

न्युजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्नले आफ्नी नवजात शिशुको नाम नेभे राखेकी छन् । छोरी जन्माएपछि प्रधानमन्त्री आइतवार अस्पतालबाट घर गएकी छन् ।

पदभार सम्हालिरहेकी महिलाले बच्चा जन्माउनुलाई भविष्यमा आश्चर्यका रूपमा नलिने आशा प्रधानमन्त्रीले लिएकी छन् ।

 

बिहीवार छोरी जन्माएपछि पहिलोपटक सार्वजनिक रूपमा बोल्दै प्रधानमन्त्रीले पति क्लार्क गेफोर्डले बच्चीको नाम नेभे टी अरोहा आर्डर्न गेफोर्ड राखिएको बताइन् ।

 

प्रधानमन्त्रीको यो पहिलो सन्तान हो । नेभेको अर्थ चम्किलो हुने प्रधानमन्त्रीले जानकारी दिइन् ।