साढे ४१ करोड निकासा

१७ फाल्गुन २०७६, शनिबार ०९:३८

काठमाडौं, उखु किसानलाई उत्पादन प्रोत्साहन अनुदान उपलब्ध गराउन अर्थ मन्त्रालयले थप साढे ४१ करोड रुपैयाँ निकासा गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले ४१ करोड ४९ लाख १३ हजार रुपैयाँ बिहीबार निकासा गरेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले माघ २७ गते उखु किसानलाई अनुदान वितरण गर्न अपुग भएको रकम उपलब्ध गराइ दिन अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो ।

मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले अर्थ मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले अर्थ मन्त्रालयले नपुग रकम आठ जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)लाई निकासा गरेको जानकारी दिए । (आजको अन्नपूर्ण पोष्टबाट)