साझा पार्टीद्वारा सभामुख महराको राजीनामा माग

१४ आश्विन २०७६, मंगलवार ११:३३

काठमाडौं, साझा पार्टीले प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराको राजीनामा माग गरेको छ ।

मंगलवार पार्टीले एक विज्ञप्ती जारी गर्दै प्रतिनिधि सभाको गरिमालाई कायम राख्न समेत सभामुखले राजीनामा दिनुपर्ने बताएको छ ।

पार्टीले उनीमाथि लागेको आरोपको निष्पक्ष छानबिन गर्न उनले राजीनामा दिनुपर्ने बताएको छ ।

विज्ञप्तीमा भनिएको छ , ‘देशभरी बढ्दै गरेको महिला हिंसा र बलात्कारका घटनाहरूमा सरकार अझ कडाईका साथ पेश हुनु पर्नेमा सभामूखजस्तो गरिमामय पदमा आसीन व्यक्तिमाथि नै यस्तो आरोप लाग्नुले आम नागरिकमा कस्तो सन्देश जाला ?