सांसद सरिता गिरीलाई कारबाहीको माग

२८ जेष्ठ २०७७, बुधबार १७:२५

काठमाडौं , सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपालले जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाहीको माग गरेको छ ।

उक्त संघले बुधबार एक प्रेस विज्ञप्ति जारी गरेर संसद गिरीले संसदीय बैठकमा दिएको अभिव्यक्ति असंवैधानिक, राष्ट्रहित प्रतिकुल एवं देशको स्वाभिमानमाथि आँच आउने खालको र राष्ट्रहित विपरितको हर्कत भएको भन्दै कारबाहीको माग गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘यस्तो गैर आचरण र कार्य गर्ने निजलाई कानून बमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।’ साथै, संघले यस्तो गैर जिम्वेवार व्यक्तिलाई संसद सदस्यबाट अविलम्व फिर्ता वोलाउन सम्वन्धित राजनीतिक दलसँग आग्रह समेत गरेको छ ।