सांसद रेशम चौधरी वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना

६ असार २०७६, शुक्रबार ११:१५

काठमाडौँ , टिकापुर घटनाका दोषी तथा कैलाली क्षेत्र नं १ बाट निर्वाचित सांसद रेशम चौधरी वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका छन् । फोक्सो र बोनम्यारोमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको स्रोतले बताएको छ ।
उनी तीन साता अघिदेखि बिरामी भएका थिए । बिरामी भएरेदेखि उनी वैशाखी टेकेर हिँड्ने गर्थे । उनी दिनहुँ वीर अस्पतालमा फिजियो थेरापीसमेत गराउँदै आएका छन्।

२०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा दोषी ठहरीएका चौधरी विगत १५ महिनादेखि जेलमा रहेका छन् । कैलाली जिल्ला अदालतले सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद फैसला गरेको थियो ।