सांसद रावलद्वारा डडेल्धुरा दुर्घटनाप्रति दुःख व्यक्त,

७ मंसिर २०७५, शुक्रबार १०:०४

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रिय सदस्य तथा सांसद झपट बहादुर रावलले डडेल्धुरा दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन । आयोखवर संग कुरा गदै उनले ठूलो मानविय क्षति पुग्ने गरी भएको दुर्घटनाले स्तब्ध बनाएको बताए ।

सांसद रावलले  उद्दारमा स्थानीय प्रशासनको साथै प्रदेश सरकारसँग पहल भएको बताए । उनले घाइतेको छिटो र निःशूल्क उपचारको लागि पनि सम्बन्धित निकायसँग पहल गरिरहेको बताए । उनले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुको साथै घाइतेको स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

डडेल्धुराको त्रिपुरा मन्दिरमा लागेको मेला भरेर डोटी फर्किदै गरेको से १ क २९३ नम्बरको बस डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परी अहिलेसम्म १८ जनाको मृत्यु भइसकेको बताइएको छ । १० जनाको घटनास्थलमै र ८ जनाको उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।