सांसदको टिप्पणी असार १५ लाई फेसनको रुपमा मनाईयो

१७ असार २०७५, आईतवार ०६:३७

असार १७, काठमाडौं ।

असार १५ लाई धान दिवस भन्दापनि फेसनको रुपमा मनाउन लागिएको एक सांसदले टिप्पणी गरेकी छिन् ।

प्रतिनिधि सभाको आइतवार बसेको बैठकमा नेकपा सांसद अमृता थापाले असार १५ लाई धान दिवस भन्दापनि फेसन र प्रचार गर्न लागिएको बताएकी हुन् ।

 

‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा साकार बनाउन भू उपयोग नीति बनाउन जरुरी छ । अहिले गाडीलाई लोन पाइन्छ, भैसि किन्नेलाई पाइदैन’ उनले भनिन्, ‘फेसनका लागि गलामा बिउको माला लगाएर फेसन र विज्ञापनको साधन बनाइयो ।’ ]

 

उनले कृतिम रुपमा भइरहेको महंगी नियन्त्रण गरेर अनुगमन गरेर नियन्त्रण गर्न माग गरिन् ।