सहमति विपरित दलहरुले देश, जनता र राजालाई धोका दिएः कमल थापा

२६ भाद्र २०७६, बिहीबार १९:४६

काठमाडौं , राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिस्टको एजेण्डा बोक्ने काँग्रेस मुलुकको विकल्प बन्न नसक्ने दावी गर्नु भएको छ ।
पार्टीको काठमाडौं जिल्लास्तरीय प्रशिक्षक कार्यक्रममा अध्यक्ष थापाले असफल नीति र असफल बाटोमा परिवर्तन आवश्यक भएको चर्चा गर्दै पार्टी र व्यक्ति परिवर्तन होइन नीति र वाटो परिवर्तन जरुरी भएको विचार व्यक्त गर्नु भयो ।

२०६२÷६३ को आन्दोलन राजा र आन्दोलनकारी शक्तिबीच सम्झौता भएर टुङ्गिएको भन्दै थापाले २०४७ को संविधानमा टेकर संविधानसभाको निर्वाचन हुने र त्यो संविधानसभाले संविधान निर्माण गर्ने सहमति विपरीत संविधानसभाको निर्वाचन अगावै धर्म निरपेक्षता लादिएकोप्रति आपत्ति प्रकट गर्नु भयो । थापाले सहमति विपरित दलहरुले देश, जनता र राजालाई धोका दिएको बताउनु भयो ।