सहकारी महासंघको विेदश भ्रमणमै लाखौं खर्च

२९ माघ २०७६, बुधबार १०:५९

काठमाडौं, सहकारी क्षेत्रको सर्वोच्च निकाय राष्ट्रि सहकारी महासंघले वैदेशिक अध्ययन र भ्रमण शीर्षकमा करोडौं खर्च गरेको पाइएको छ । सहकारी विभागले गरेको अनुगमनमा महासंघले तीन वर्षमा वैदेशिक भ्रमण तथा तालिम शीर्षक डेढ करोड रुपैयाँ गरेको भेटिएको हो ।

विभागको अनुगमन प्रतिवेदनअनुसार महासंघले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका साथै अन्य दातृ निकायबाट समेत सहयोग लिएर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

ती निकायबाट लिएको सहयोगबाट महासंघले आर्थिक वर्ष २०७३र०७४ मा ५९ लाख ९४ हजार, आव २०७४र०७५ मा ७० लाख ७८ हजार हजार र आव २०७५र७६ मा ४३ लाख ३७ हजार गरी एक करोड ६३ लाख रुपैयाँ खर्च गरेको छ ।

यसबाहेक महासंघले सहकारी संस्थाका प्रतिनिधिहरुलाई उनीहरुबाटै शुल्क लिएर वैदेशिक तालिम तथा भ्रमणमा समेत पठाउँदै आएको छ । तर उनीहरुबाट लिइएको रकमबाट कुनै महासंघमा अभिलेख नभएकाले भ्रमणमा भएकाले खर्च उच्च रहेको विभागले जनाएको छ ।

महासंघका अन्तर्राष्ट्रिय सहकारी महासंघ साथै विभिन्न अन्तर्राष्ट्रिय संघसंस्था सदस्य रहेको छ । सदस्य संस्थाहरुको आयोजना हुने कार्यक्रममा तथा भ्रमणमा महासंघले आफ्नै खर्चमा प्रतिनिधि पठाउँदै आएको छ । (आजको कारोबार दैनिकबाट)