सहकारीलाई आम्दानीको स्रोतका रुपमा लैजान आग्रहः सांसद राई

१५ पुष २०७४, शनिबार १६:३४

पुस १५, काठमाडौं । प्रतिनिधिसभा ३, काठमाडौंका सांसद कृष्ण राईले गोकर्णमा आयोजित एक सहकारीको साधारणसभामा बोल्दै सहकारीलाई आम्दानीको स्रोतको रुपमा लैजानु पर्ने बताए ।

पासा ग्वाहाली पुचः बचत तथा ऋण सहकारी संस्था लिमिटेड गोकर्णेश्वरको ११ औं वार्षिक साधारणसभामा प्रमुख अतिथि समेत रहेका सांसद राईले सहकारीलाई आय वृद्धि गर्ने नीतिमा अगाडी बढाउनुपर्नेमा जोड दिए । राजनीतिक खिचातानीभन्दा आम्दानीको स्रोतको रुपमा सहकारीलाई लैजान आग्रह गर्दै सहकारीलाई नीति अवलम्बन गरी आर्थिक समृद्धितर्फ अगाडी बढ्नुपर्ने बताए ।

?

त्यस्तै प्रदेशसभा २ का सांसद रामेश्वर फुयाँलले सहकारी क्षेत्रको विकास गर्न संविधानले नै स्पष्ट नीति ल्याएको हुदा सबैलाई बचत गर्ने बानीको विकासमा जोड दिन आग्रह गरे । बचत गर्ने बानीको विकासले आर्थिक समृद्धिको खाका कोर्ने भएकोले निकट भविश्यमा बचत रकमले आफ्ना सन्तानको आर्थिक स्तरमा वृद्धि गर्ने र समस्या समाधान गर्दै जाने बताए । उनले सहकारीमार्फत आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा जोड दिनु पर्ने बताउँदै उत्पादन र नाफाको व्यावसायको रुपमा लिनुपर्ने उल्लेख गरे ।

सभामा काठमाडौं बचत तथा ऋण सहरकारी संस्था संघका अध्यक्ष केशाव दंगालले सहकारी क्षेत्रको विकासविना देशको विकास नहुने बताए । प्रत्येक सदस्यको समृद्धिका लागि सहकारीले काम गर्नुपर्ने र ऐन कानुन पनि निर्माण भएको बताए । उनले अबको ऐनले स्पष्ट व्यवस्था गरेको भन्दै सञ्चालक पदमा बस्नका लागि कार्यकारी पदमा बस्न नपाईने नीति आएको बताए । अध्यक्ष दंगालले –‘भने एकभन्दा बढी सहकारीको सेयर सदस्य बस्न नपाउने ऐन ल्याएको छ, अब साना–साना सहकारीहरु अनिवार्य रुपमा एकीकरण हुनुपर्ने र यदि नभएमा खारेजी हुने व्यवस्था छ ।’ उनले सहकारी ऐन नियमावली बनेकाले ऐनको पालना गर्दै दिगो विकासका लागि अगाडि बढ्नु पर्ने बताए ।

 

पासा ग्लाहाली पुचः बचत तथा ऋण सहकारी संस्थाको ११ औंं वर्ष प्रवेश गरेकोमा सबै सेयरधनी तथा बचत कर्ताहरुलाई बधाई दिदैँ त्यस सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले सहकारीप्रति अरुले छरेको भ्रमको पछि नलाग्न सबैलाई आग्रह गरे । सहकारीको प्रगति हेर्न नचाहानेहरुले सदस्यहरुलाई उचाल्ने र अनआवश्यक प्रचारबाजी गर्दै जनताको निक्षेपमा कुण्ठित गर्ने व्यक्तिको पछाडि नलागि आफुले नबुझेको जानकारी कार्यालयमा आएर बुझन् समेत आग्रह गरे । सहकारीको मूल्य र मान्यता अनुरुप काम गर्दै सामाजिक परिवर्तनका लागि समेत कार्य गर्दै आएको जनाए । पासा ग्वाहाली पुचःले शैक्षिक छात्रावृद्धि देखि समाजका जेष्ठ नागरिकहरुको सम्मान गर्दै आएको उल्लेख गरे ।  उक्ता सभामा उत्कृष्ठ बचत कर्ता, ऋणी व्यवसायी, शेयरधनी तथा कर्मचारीलाई समेत सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।