ससुराली घर हिँडेका गोपाल मृत अवस्थामा फेला

३ मंसिर २०७६, मंगलवार १५:३१

सल्यान , जिल्लाको कपुरकोट गाउँपालिका१ उनवाङका २३ वर्षीय गोपाल रानाको भीरबाट लडेर मृत्यु भएको हो। सोमबार रोल्पाको रन्टीगडी गाउँपालिका ८ स्थित ससुराली घर हिँडेका गोपाल मंगलबार बिहान रुन्टीगडीको धुम्का भिरमा मृत फेला परेको कपुरकोट एकका वडा अध्यक्ष बालाराम खड्काले जानकारी दिए।
उनको शव बाटोबाट करिब २ सय मिटर तल फेला परेको उनको भनाइ छ। भिरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।