सवै स्वास्थ्य चौंकी र केन्द्रहरु स्थानीय तहलाई हस्तान्तरण

१८ चैत्र २०७४, आईतवार ०६:३९

चैत १८, काठमाडौं ।

जिल्ला जनस्वास्थ्य चितवनको मातहतमा रहेका सवै स्वास्थ्य चौंकी र केन्द्रहरु स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार जिल्लाका ७ वटा स्थानीय तहमा रहेका सवै स्वास्थ्य चौकी एवम् केन्द्रहरु हस्तान्तरण भैसकेको छ ।

राप्ती नगरपालिका भित्र रहेका स्वास्थ्य चौंकी र केन्द्रहरुलाई हस्तान्तरण गरेपछि जिल्लाका सबैं स्थानीय तहमा हस्तान्तरणको प्रकृया सकिएको कार्यालयका प्रमुख विजयकुमार झाले जानकारी दिए ।

राप्ती नगरपालिकामा रहेका ७ वटा स्वास्थ्य केन्द्रलाई मेयर प्रभा बराल मार्फत नगरपालिकालाई हस्तान्तरण गरिएको प्रमुख झाले जानकारी दिए ।

जसमा ६ वटा स्वास्थ्य चौंकी र १ सामुदायिक स्वासथ्य इकाइ केन्द्र छन् ।

कार्यालयले भरतपुर महानगरपालिकामा रहेका २३ स्वास्थ्य सम्वन्धी संस्थाहरु महानगरलाई हस्तान्तरण गरिसकेको छ । जसमा १३ वटा हेल्थपोष्ठ, ८ वटा नगर स्वास्थ्य केन्द्र, १ सामुदायिक स्वास्थ्य इकाई केन्द्र र एक प्राथमिक उपचार केन्द्र छन् ।

रत्ननगर नगरपालिका क्षेत्रका ६ वटा स्वास्थ्य संस्था हस्तान्तरण भैसकेको छ ।

बछौली स्वास्थ्य चौकी, पिठुवा स्वास्थ्य चौकी, पञ्चकन्या स्वास्थ्य चौकी, टरौली शहरी स्वास्थ्य केन्ऽ, नरकटिया शहरी स्वास्थ्य केन्द्र र जिरौना शहरी स्वास्थ्य केन्ऽ नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

हस्तान्तरणसंगै स्वास्थ्य संस्थाको नगद, भौतिक संरचना, जिन्सी सामान र कर्मचारी नगरपालिकाको मतहतमा आएका छन् ।