सवै सकिए पछि गुठीमा प्रहार

२ जेष्ठ २०७६, बिहीबार ११:२६

बिष्णुप्रसाद शर्मा ,

नेपालमा इण्डो पश्चिमा प्रवेश गरेपछि पहिलो प्रहार वैदिक सनातन धर्मलाई , दोस्रो राजसंस्थामा र तेस्रो मठमन्दिरको गरगहना , नगद भेटी , चौथो सार्वजनिक जग्गाहरु र पाँचौ गुठीमा भएको छ ।

यी नेपालका भस्मासुरहरुले कला , संस्कृति , संस्कार र परम्परालाई ध्वस्त बनाएर पश्चिमेली भेष , भूसा र करेन्सीको प्रचलन गराउनाका निम्ति केहि नेपाली बिज्ञहरुलाई मुठीमा लिएर सवै नेपालीको हुर्मत मात्र लिएको छैन यसले ३ सय बर्ष पुरानो इतिहासलाई मेटाउने काम गरेको छ । नेपाली जनताले रौद्र रुप देखाउन किन नसकेका हुन ?

देशको शासकका रुपमा स्थापित भइसके पछि कपटी सकुनीको रुपधारण गरेका कम्युनिष्टले काँग्रेसले बिराएको बाटोबाट सहजता हासिल गदै गुठीसंस्थानमा रहेको धार्मिक अस्तित्वलाई मेटेर गुठीयारहरुको अस्तित्व र जनताले जोगाइराखेको परम्परालाई समाप्त पार्ने चक्रव्युको रचना गदै अगाडी बढिरहँदा अझै पनि नेपालीहरुले यो के हो भनेर सोच्ने बेला भएको छैन ?

नेपाल देशको पौराणिक अस्तित्वलाई नै समाप्त बनाएर होलीवाइन सेवन गर्ने जस्ता घटिया काम देशका प्रधानमनत्री पदमा आशिन हुनेले गरिरहँदा जनताले गम्भिरताका साथ नदेख्नुलाई कठै निरीहता सिवाय अरु के भन्न सकिन्छ र ? गुठीको जग्गा र आयस्ताले अव दलका पालतुहरु पालिने काम हुन थाले पछि धर्म , संस्कार र परम्परालाई के बाट चलाउने र गुठीयारहरुको अस्तित्व के हुने हो ? शर्मा, नेपाल संरक्षण अभियानका केन्द्रिय संयोजक एवंम राजनीतिक बिश्लेषक हुनुन्छ ।