सवारी दुर्घटना हुँदा दुई महिलाको मृत्यु, १४ घाइते

१८ मंसिर २०७६, बुधबार ०९:५८

महोत्तरी, बर्दिवास नगरपालिकाअन्तर्गत महोत्तरीको लक्ष्मिनीयामा सवारी दुर्घटना भएको छ । सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा धनुषाधाम घर भएकी वर्ष ५५ की सकुन्तलादेवी महतो र भारत जयनगर घर भएकी वर्ष ५० की तनिया देवी महतो रहेका छन् । घाईते मध्ये ४ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारको लागी धरान रिफर गरिएको छ । बर्दिवासस्थित शुभस्वस्तिक अस्पताल बर्दिवासमा सामान्य घाईते भएका १० जनाको उपचार भैरहेको छ ।

मंगलबार राती गढिमाई मन्दिरको दर्शन गरेर फर्कदैँ गरेको ना २ च ८८५५ नम्बरको यात्रु बाहक पिकअप अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको बताइएको छ ।