सर्‍यो डा. केसीको अनसन

२९ फाल्गुन २०७४, मंगलवार ०९:५९

फगुन २९, काठमाडौं ।

प्रा. डा. गोविन्द केसीले पाँच दिनपछि सारेका छन् । सोमबार भएको विमान दुर्घटनामा परी चिकित्सकको पनि निधन भएकाले शोकको घडीमा अनसन स्थगित गरिएको डा. केसीले बताएका छन् ।

उनले ४ गतेदेखि अनसन बस्ने बताएका छन् ।

प्रधानन्यायाधीश गोपाल पराजुलीलाई महाअभियोग लगाउन माग गर्दै डा. केसीले २९ फागुनदेखि आमरण अनसन बस्ने बताएका थिए ।

डा. केसीले सर्वोच्चका न्यायाधीशहरुले नै पराजुलीलाई पद छाड्न दिएको सुझावको स्वागतसमेत गरेका छन् ।