सर्वाधिक गोलकर्ताको ट्रफी जुनियर रोनाल्डोलाई

२ बैशाख २०७५, आईतवार ०६:४८

वैशाख २, काठमाडौं ।

स्पेनिस क्लव रियल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको छोरा जुनिएर रोनाल्डोले आफ्नो स्कुल टिमबाट सर्वाधिक गोलकर्ताको ट्रफी पाएका छन् ।

उनको यो सफलतालाई छोरा पनि बुबाकै पथमा लम्किन थालेको भनेर प्रशंसा भइरहेको छ ।

जुनियर रोनाल्डोले आफ्नो स्कुल टिमबाट फुटबल खेल्ने गर्दछन् । उनले ट्रफी लिएर हजुरआमासँग खिचाएको फोटो सार्वजनिक भएको छ ।

 

सात वर्षीय छोराले हासिल गरेको सफलतामा रोनाल्डोले पनि इन्स्टाग्राममार्फत बधाइ दिएका छन् ।