सरिता लामिछानेविरुद्ध उजुरी

१५ चैत्र २०७५, शुक्रबार १८:०१

काठमाडौं, आगामी चैत २३ गते हुने नेपाल चलचित्र कलाकार संघको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेकी कलाकार सरिता लामिछानेविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । कलाकार संघका साधारण सदस्य सुरज आरडीले उनी विरुद्ध उजुरी दिएका हुन् ।कलाकार संघको सदस्यता सम्बन्धी नियम मिचेको आरोप लगाउँदै उनले लामिछानेविरुद्ध उजुरी दिएका हुन् । आरडीले कलाकार लामिछानेमाथि २ फिल्ममात्र अभिनय गरेर सदस्यता प्राप्त गरेको आरोप लगाएका छन् । नेपाल चलचित्र कलाकार संघको विधानमा भने ५ वटा फिल्म अभियन गर्नुपर्ने प्रावधान राखिको छ । थोरै फिल्म खेलेर पनि कलाकार संघमा बढी चलखेल गर्नेले गर्दा धेरै फिल्म खेलेका कलाकारहरु पछि परेको अरोप आरडीले लगाएका छन ।