सरकार राज्य सञ्चालनको खर्च धान्न नसक्ने अवस्थामा

१ असार २०७७, सोमबार ०७:३६

काठमाडौं , दैनिक आम्दानीबाट सरकार राज्य सञ्चालनको खर्च धान्न नसक्ने अवस्थामा पुगेको छ ।

राज्य सञ्चालनका लागि मासिक ४० अर्ब रुपैयाँ आवश्यक पर्नेमा जेठको आम्दानी खर्चको हिसाब गर्दा खर्च धान्न नसक्ने अवस्थामा देखिएको हो ।

कोभिड–१९ र लकडाउनका कारण व्यापार व्यवसाय ठप्प भएपछि राजस्व संकलन प्रभावित हुँदा यो स्थिती आएको हो ।

राजस्व संकलन प्रभावित भएपछि कर्मचारीका तलबलगायतका चालू खर्चसमेत धान्न नसक्ने अवस्थामा पुगेको अर्थमन्त्री डा खतिवडाले समेत स्वीकार गरिसकेका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।