सरकार तानाशाह बन्न खोज्योः बस्नेत

३० आश्विन २०७५, मंगलवार ०९:५१

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सरकार तानाशाह बन्न खोजेको आरोप लगाएका छन् ।बलात्कारी लाई संरक्षण गर्न सरकार आफैं लागेको छ, मूल्यवृद्धि अहिले सम्मकै उच्च भएको छ उनले भने,सीमा क्षेत्रमा नेपाली भूमी दिनहु“ हराएर गएका छन् ।

केन्द्रीय सदस्य बस्नेतले ठूला आयोजनाहरु सरकारले अरुलाई बेचिरहेको आरोप लगाए । विजयादशमी, दिपावली तथा छठको अवसरमा नेपाली कांग्रेस सिन्धुपाल्चोक भोटेकोशी गाउपालिका–५ मार्मिङ इकाई समितिले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम उनले मार्मिङको विकासका लागि आफू सधैं तयार रहेको बताए ।