सरकार छोडे समाजवादीसँग पार्टी एकताः महतो

६ मंसिर २०७६, शुक्रबार १४:२५

जनकपुरधाम , राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष राजेन्द्र महतोले समाजवादी पार्टीसँगको एकताको सम्भावना तत्काल शून्य रहेको बताउनु भएको छ । समाजवादी पार्टीसँग राजपाले एकता गर्ने पटक पटक अभिव्यक्ति फेर्दै राजपा नेपालका संयोजक महतोले तत्काल एकताको सम्भावना न्यून रहेको बताउनु भयो ।

शुक्रबार जनकपुरधामस्थित विमानस्थलमा पत्रकार संगको जिज्ञासामा अध्यक्ष महतोले समाजवादी पार्टी सरकारसँग नबाहिरिएकाले एकताको सम्भावना तत्कालका लागि क्षीण भएको बताउनु भयो ।

राजपा नेपाल वैकल्पिक शक्ति निर्माणको दिशामा अगाडी बढ्ने स्पष्ट पार्दै सरकारमा गएर वैकल्पिक शक्तिको निर्माण हुन नसक्ने भएकोले समाजवादीसँग तत्काल एकता असम्भव रहेको बताउनु भयो ।