सरकारी जग्गा यती होल्डिङ्सलाई दिँदा कुनै गल्ती भएको छैनः प्रधानमन्त्री

१५ माघ २०७६, बुधबार १५:००


काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ट्रष्टको जग्गा यति होल्डिङ्सलाई लिजमा दिने सवालमा सरकारले कुनै गल्ती नगरेको दाबी गर्नु भएको छ ।

बुधबार काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो । ‘नारायणहिटीको अगाडिको जग्गा व्यापारिक प्रयोजनका लागि लिजमा दिनुहुन्थ्यो कि हुँदैनथ्यो भन्ने बहसको विषय हुन सक्ला तर सरकारले दिने नीति लिइसकेकाले ती जग्गा लिजमा दिने काम भएको हो।