सरकारी चिकित्सकबाट इमरजेन्सीबाहेक सबै सेवा बहिस्कार

१५ फाल्गुन २०७५, बुधबार १०:२९

काठमाडौँ , आकस्मिकबाहेक सम्पूर्ण ओपिडी सेवा सरकारी चिकित्सकले बहिष्कार गरेका छन् । सरकारी चिकित्सक संघ( गोदान )ले कर्मचारी समायोजन विधेयक सच्याउन माग गर्दै स्वास्थ्य सेवा बहिष्कार गर्ने भएको हो ।
गोदानले समायोजन ऐन मिचेर सहसचिवस्तरका ११औं तहका चिकित्सकलाई प्रदेशमा समायोजन गरेकाले त्यसलाई सच्याउन माग गर्दै इमरजेन्सीबाहेक सबै सेवा बहिस्कार गरेको जनाएको छ । दुईमहिना देखि आन्दोलनरत सरकारी चिकित्सकले समायोजन विधेयक नसच्याए सामूहिक राजीनामा दिने धम्की दिँदै आएको छ ।