सरकारविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा शक्ति प्रदर्शन

४ असार २०७६, बुधबार १४:१०

काठमाडौं , गुठी पक्षधरहरुले काठमाडौंको माइतीघर मण्डलामा विशाल प्रदर्शन गरेका छन् । प्रदर्शनमा हजारौं गुठी पक्षधरको सहभागिता छ । राष्ट्रियसभामा प्रस्तुत गुठीसम्बन्धी विधेयकको चौतर्फी विरोधपछि भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले मंगलबार फिर्ता लिनु भएको थियो ।

उहाँले सरोकारवालासँगको छलफलका लागि विधेयक फिर्ता लिएको बताउनु भएको थियो । गुठी पक्षधरहरुको प्रदर्शनका कारण थापाथली, त्रिपुरेश्वर, माइतीघर मण्डला लगायतका विभिन्न स्थानको सवारी आवागमन प्रभावित बनेको छ । प्रदर्शनकारीले सरकारले संस्कृति मास्न खोजेको भन्दै समयमै नसच्चिए सरकार नै मासिने चेतावनी दिए ।