सरकारले सांसदलाई कोरोना खोप दिइने

१६ फाल्गुन २०७७, आईतवार १७:४०

 

काठमाडौं । सांसदहरुलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप दिइने भएको छ । संसद सचिवालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यही साता सांसद तथा संसद सचिवालयका कर्मचारीहरुलाई खोप दिन लागिएको हो । उनीहरुले फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा गएर खोप लगाउन सक्ने सचिवालयले जनाएको छ ।