सरकारले राज्यका अंगलाई आफ्नो अनुकूलतामा हिँडाई रहेको ओलीको आरोप

३१ भाद्र २०७४, शनिबार १३:२९

भदौ ३१, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राज्यका अंगलाई आफ्नो अनुकूलतामा हिँडाई रहेको आरोप लगाएको छ । विराटनगर विमानस्थलमा आज दिउँसो पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै ओलीले प्रदेश नम्बर २ मा निर्वाचन आयोगको उपस्थिति कमजोर देखिएको दावी गरे।

उनले मुलुकमा भ्रष्टाचार बढेको आरोप लगाउँदै भ्रष्टाचारको विषयमा सञ्चारकर्मीलाई आवाज उठाउन आग्रह गरे । नेपाल आयल निगमको जग्गा खरिद प्रकरणको विषयमा एमालेले मौनता साधेको सम्बन्धमा पत्रकारको जिज्ञासामा उनले भ्रष्टाचारको विषयमा एमाले मौनता नसाध्दैन् बताउदै भ्रष्टाचार भएको भए मतियार पनि नहुने स्पष्ट पारे ।