सरकारले बुथ क्याप्चर गर्दैछः वरिष्ठ नेता पौडेल

११ मंसिर २०७६, बुधबार १६:५३

पोखरा , प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यही मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा चुनाव हार्ने डरले कास्कीमा बुथ क्याप्चर गर्न लागेको आरोप लगाउनु भएको छ । आज पोखरामा नेपाल प्रेस युनियन कास्कीले गरेको पत्रकार भेटघाटमा बोल्दै पौडेलले यस्तो आरोप लगाउनु भएको हो ।

सरकारले चुनाव हार्ने डरले बुथ क्याप्चर गर्ने कुरा सुन्नमा आएको भन्दै सबैलाई सचेत हुन उहाँले आग्रह गर्नु भयो । निष्ठाको राजनीति गर्ने उम्मेदवारलाई चुनाव उठाएकाले कास्कीमा कांग्रेसले नै चुनाव जित्ने पौडेलले दाबी गर्नु भयो ।

कम्युनिस्ट सरकारले सत्ता र शक्तिको आडमा झुठो प्रचार गरेको समेत उहाँले आरोप लगाउनु भयो ।