सरकारले बिना तयारी बिधेयक ल्याएर गल्ती गरेको छः उपनेता गच्छदार

५ असार २०७६, बिहीबार १५:०५

काठमाडौं , प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले प्रधानमन्त्रीले बिना तयारी गुठी विधेयक ल्याएर गल्ती गरेको भन्दै राजीनामा दिन तयार रहनुपर्ने बताउनु भएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उपनेता गच्छदारले गुठी विधेयक ल्याउने र त्यत्तिकै फिर्ता लिनु प्रधानमन्त्रीको कार्यशैलीले सही नठहर्‍याउने बताउनु भयो । गच्छदारले गुठी सम्बन्धी विधेयकले जनताको आस्थामाथि प्रहार गरेको बताउनु भयो । उहाँले गुठी विधेयक ल्याएर सरकारले संविधानको मर्म र भावना विपरीत काम गरेको बताउनु भयो । विधेयक ल्याउनु पहिला सरकारले सरोकारवालाहरूसँग छलफल नगरेकोमा पनि आपत्ति जनाउनु भयो ।

उहाँले लामो संघर्षबाट आएका प्रधानमन्त्री केपी शर्मा ओलीले विधेयक ल्याउने क्रममा भने गल्ती गरेको बताउनु भयो । गच्छदारले सरकारले ल्याएका राष्ट्रिय मानवअधिकार आयोग ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयकु राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकु सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकु र मिडिया काउन्सिल सम्बन्धी विधेयकु ल्याएर गल्ती गरेको बताउनु भयो ।

उहाँले वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रता हनन गरेको बताउनु भयो । पत्रकारहरूले मुलुकमा लोकतन्त्र स्थापना गर्नका लागि संघर्ष गरेकाले त्यसमा अंकुश लगाउन नहुने बताउनु भयो । उहाँले मानवअधिकार आयोग सम्बन्धि विधेयकले पनि मुलुकको मानवअधिकारमाथि अंकुश लगाउन खोजेको बताउनु भयो ।