सरकारले बाह्य लगानी भित्र्याउने कामलाई उच्च प्राथमिकता दिएको छः मन्त्री ज्ञवाली

३१ भाद्र २०७६, मंगलवार १५:०६

काठमाडौं, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले राष्ट्रिय हितलाई केन्द्रमा राखेर अन्तराष्ट्रिय सम्बन्धलाई अघि बढाएको बताउनु भएको छ ।

मन्त्री ज्ञवालीले मुलुकको सार्वभौमिकताको रक्षा, राष्ट्रिय हित र सबै राष्ट्रसँग मित्रतापूर्ण सम्बन्ध राखेर अघि बढने मुलुकको परराष्ट्र नीति रहेको पनि स्मरण गराउनु भयो । पूर्व सांसद मञ्‍च, नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले भारत र चीन दुवै छिमेकसँगको सम्बन्धलाई अझै सुदृढ बनाइएको पनि दाबी गर्नु भयो ।

उहाँले मुलुकको समृद्धिका लागि सरकारले बाह्य लगानी भित्र्याउने कामलाई उच्च प्राथमिकता दिएको पनि बताउनु भयो ।