सरकारले नै निर्वाचनको मिति घोषणा गर्ने कानुनी व्यवस्था उचित छः डा रिजाल

७ आश्विन २०७५, आईतवार १३:५१

 

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा मिनेन्द्र रिजालले निर्वाचन आयोगलाई निर्वाचनको मिति घोषणा गर्न दिन नसकिने कुरा प्रष्ट पारेका छन ।


निर्वाचन सम्पन्न गराउने दायित्व सरकारको भएकाले सरकारले नै निर्वाचनको मिति घोषणा गर्ने कानुनी व्यवस्था नै उचित रहेको उनको बिचार रहेको छ ।
आइतबार काठमाडौंमा आयोजित ‘वर्तमान निर्वाचन प्रणाली कति उपयुक्त छ ? विषयक अन्तर संवाद कार्यक्रममा बोल्दै नेता रिजालले निर्वाचन सम्पन्न गराउने सरकार भएकोले निर्वाचनको मिति घोषणा गर्ने निर्वाचन आयोग हुनै नसक्ने दावी पनि गरे ।
निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा गर्न आफूले पाउनुपर्ने माग गर्दै आएको छ । नेता रिजालले निर्वाचन सम्पन्न गराउने दायित्व सरकार र राजनीतिक पार्टीहरुको बढि हुने भएकाले त्यसमा थप बहसको आवश्यक्ता तत्कालका लागि नरहेको पनि स्मरण गराए ।