सरकारले तत्काल लिपुलेक र कालापानीको बारेमा भारतसंग कुटनीतिक पहल शुरु गर्नु पर्छः थापा

२० कार्तिक २०७६, बुधबार १८:१८

दाङ , राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले तत्काल लिपुलेक र कालापानीको बारेमा भारतसंग कुटनितिक पहल शुरु गर्नुपर्ने बताउनु भएको छ । आज दाङको तुलसीपुरमा आयोजित उम्मेद्वार घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताउनु भएको हो ।
उहाँले आगामी मंसिरमा हुन गइरहेको उपनिर्वाचनमा हुने हारजितले सत्तापक्ष र प्रमुख प्रतिपक्षलाई खासै प्रभाव नपार्ने भएपनि सो निर्वाचन महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले आफ्नो पार्टीलाई मतदान गरेर विजयी बनाए त्यसको शसक्त सन्देश देश विदेशसम्म पुग्ने भन्दै नेकपा र कांग्रेसकोे बिगतको गतिविधिलाई मनमा राखेर राप्रपालाई मत दिन आग्रह पनि गर्नु भयो ।

सो सभालाई पार्टीका उपाध्यक्ष प्रेमबहादुर भण्डारी, महामन्त्री तथा नेपालगंज उप–महानगरपालिकाका मेयर धवल शम्शेर राणा, पार्टी प्रदेश नं ५ का प्रमुख प्रदिपकुमार उदय र उम्मेद्वार भूपाल रावतले पनि सम्बोधन गर्नु भएको थियो ।
दाङ ३ ख प्रदेशसभाको उपनिर्वाचनमा राप्रपाले रावतलाई उम्मेद्वार बनाएको छ