सरकारले डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्नु पर्छः अध्यक्ष डा श्रेष्ठ

३० पुष २०७५, सोमबार १२:१९

काठमाडौं । नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले बेलैमा अनशनरत डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्नुपर्ने स्पष्ट पार्नु भएको छ ।

उहाँले भन्नु भयो, ‘प्रधानमन्त्रीलाई गलत सल्लाह नदिन म नेकपाका सांसदहरुलाई आग्रह गर्दछु । वार्ता समिति बनाएर वा आँफै पहल गरेर भएपनि प्रधानमन्त्रीज्यूले डा केसीको माग सम्बोधन गर्नुहोस भनेर म यही मञ्चबाट आग्रह गर्दछु ।’

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री ओलीले डाक्टर केसीको माग सम्बोधन गर्न समयमै दिमाग र आँखा खोल्नुपर्ने पनि बताउनु भयो । सरकारले दुई तिहाईको दम्भ देखाउन नहुने उहाँको सुझाव छ । सरकारले अहिले दम्भ र उत्तेजना देखाउने बेला नभएको पनि उहाँले तर्क गर्नु भयो ।गोविन्द केसी सरकारी कर्मचारीमात्रै नभएर तीन करोड नेपालीहरुको अभियन्ता पनि भएको श्रेष्ठले बताउनु भयो ।वर्तमान सरकारले डाक्टर केसीसँग सम्झौता गरेको तर कार्यान्वयन नगरेकोमा उहाँले गुनासो पोख्नु भयो । , सम्झौता गरेपछि लागु गर्नुपर्छ ।’सत्तारुढ दल नेकपाका नेता एवम् प्रस्तावित मनमोहन मेडिकल कलेज सञ्चालक समितिका सचिव डा। रामकुमार अधिकारीले डा। गोविन्द केसीले राजनीतिक माग राखेर १६ औं अनशन बसेको आरोप लगाउनु भएको छ ।उहाँले भन्नु भयो, ,‘डाक्टर केसीले राख्नुभएको ६ बुँदे मागमा स्वास्थ्य क्षेत्रबारे केही माग छैन् । उहाँले प्रष्टसँग राजनीतिक माग राख्नुभएको छ ।’नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा। केदारनरसिंह केसीले डाक्टर गोविन्द केसीसँग गरेको सम्झौता कार्यान्वयन नगरेकोले वर्तमान सरकारले राजिनामा दिनुपर्ने माग गर्नु भयो ।उहाँले हिजो सरकारले लम्पसार परेर सम्झौता गर्यो, तर आज आएर सम्झौता कार्यान्वयन गरेन । नैतिकताका आधारमा पनि यो सरकारले राजिनामा दिनुपर्छ ।’केसीले हिजो गोविन्द केसीसँग लम्पसार परेर सम्झौता गर्ने वर्तमान सरकारले आज आएर केसीका मागहरु समयसापेक्ष छैनन् भनेर भन्न नपाउनेपनि जिकिर गर्नु भयो ।