सरकारले कोरिया, स्पेन र बंगलादेशका राजदूत फिर्ता बोलायो

१२ पुष २०७५, बिहीबार १७:४२

काठमाडौं– सरकारले रिक्त रहेका विभिन्न देशमा नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।पछिल्लो मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयका सहसचिव मणिप्रसाद भटट्राइलाई संयुक्त राष्ट्रसंघको नेपालको स्थायी नियोग, जेनेभा स्थायी प्रतिनिधि एवं स्वीजरल्याण्डका लागि आवासीय र इटली, सानमारियो,लिचेस्टाइनका लागि गैरआवासीय नेपाली राजदूत सिफारिस गरेको छ ।साथै उहाँलाई डव्लुटिओ र डव्लुएचओका लागि स्थायी प्रतिनिधि पनि तोकेको छ ।त्यसैगरी परराष्ट्र मन्त्रालयकै सहसचिव भृगु ढुङ्गानालाई क्यानाडाका लागि आवासीय र क्युवा तथा जमैकाका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गर्न सिफरिस गरेको छ । ढुङगानालाई नै अन्तराष्ट्रिय नागरिक उड्यन संस्थानका लागि स्थायी प्रतिनिधि तोकिएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिनु भयो ।

त्यस्तै परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दिपक अधिकारीलाई फ्रान्सका लागि आवासीय र एन्डोरा मोनको र पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूतमा सिफारिस गरिएको छ । उहाँलाई युनेस्कोका लागि स्थायी प्रतिनिधि पनि तोकिएको छ ।परराष्ट्र मन्त्रालयका दुर्गा भण्डारीलाई कुवेतका लागि आवासीय र इराकका लागि गैरआवासीय नेपाली राजदूतका साथै एसियन कोअपरेशन डाइलगका लागि स्थायी प्रतिनिधि तोकेको सरकारले जनाएको छ ।यस्तै सरकारले दक्षिण कोरिया, स्पेन र वंगलादेशमा कार्यरत राजदूतहरु क्रमशः अर्जुनजंगबहादुर सिंह, भरतबहादुर रायमाझी र प्राडा चोपलाल भुषाललाई फिर्ता बोलाउने निर्णय गरेको छ। उनीहरुलाई फिर्ता हुन सरकारले तीन साताको म्यान दिएको मन्त्री बास्कोटाले जानकारी दिनु भयो ।